दमौली : टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले आज सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् । योसँगै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पेस भएका छन् ।
सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।
सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?