महाधिवेशन प्रतिनिधिका लागि तनहुँमा १६ जनाको मनोनयन

दमाैली :  नेपाली कांग्रेस तनहुँमा रिक्त रहेको तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाले मनोनयन दर्ता गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ छ र क्षेत्र नम्बर २ को दुई महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला)तर्फ १० जनाले मनोनयन दर्ता भएको निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले जानकारी दिए।

जसमा क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ अशोक गुरुङ, राजकुमार श्रेष्ठ, प्रतापसिं गुरुङ, गलबहादुर गुरुङ, लेखबहादुर राना र बैंशबहादुर गुरुङले मनोनयन गरेका छन् ।

त्यस्तैगरी, क्षेत्र नम्बर २ को दुई महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला) तर्फ कृष्णराज पण्डित, रविचन्द्र पौडेल, बालकृष्ण घिमिरे, विष्णुहरि पाठक, मोहन गिरी, सन्तोष घिमिरे, विष्णु मल्ल, वीरबहादुर थापा मगर, माधव भट्टराई र श्रीराम आलेले मनोनयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?