दमौलीमा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दमौली।लियो क्लब तनहुँको आयोजनामा व्यास नगारपालिकाका  अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता दमौलीमा बुधबार  सम्पन्न भएको छ।

प्रतियोगितामा दमौली माध्यमिक विद्यालय प्रथम भएको छ। सत्यवती माध्यमिक विद्यालय द्वितीय, आदिकवि माध्यमिक विद्यालय तृतीय र परासर माध्यमिक विद्यालय चौथो भएका छन्।

प्रतियोगितामा नौ वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूबीच सामान्य ज्ञान, शैक्षिक तथा समसामयिक विषयमा प्रश्नोत्तर गरिएको थियो।

क्लवका अध्यक्ष रोविन श्रेष्ठको सभापतित्वमा  सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी व्यास नगरपालिकाका नगर प्रमुख  बैकुण्ठ न्यौपाने रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख  न्यौपानेले यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धी भावना र आत्मविश्वास बढाउने धारणा राख्दै बिद्यार्थीको प्रतिभा प्रस्पोटन गर्न मदत गर्ने बताए।

‎कार्यक्रमका सभापति लियो रोबिन श्रेष्ठले शैक्षिक गतिविधिले विद्यार्थीको बौद्धिक क्षमता विकासमा सहयोग पुग्ने बताए।

‎कार्यक्रममा  लायन्स क्लवका प्रतिनिधि,बिधालय प्रतिनिधि ,लियो सदस्य र लियो अल्फाको उपस्थिति रहेको क्लवका उपाध्यक्ष मुकेश बिडारीले जानकारी दिए।
कार्यक्रम सफल रूपमा सम्पन्न भएको आयोजक र समुदायलाई आवश्यक अनुसार क्लवले सेवा गर्ने प्रतिबद्धता क्लवले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?