आजदेखि १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई फाइजर खोप (खोप लगाउने अस्पतालहरु )

सरकारले आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाईदै छ ।

१२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोपलगाउन लागेको हो। आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाईदै छ ।

खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ भने यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन ।

सरकारले तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्ने मन्त्रालयले अनुरोध गरेको छ।

खोप क-कसले लगाउन पाउने ?

  • मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
  • मिर्गौलाको समस्या भइ मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका बिरामी
  • जुनसुकै प्रकारको क्यान्सरको उपचारमा रहेका बिरामी
  • लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी
  • अङ्ग प्रत्यारोपण गरेका व्यक्ति
  • लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेहभएका बिरामी
  • कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
  • मस्तिष्क सम्बन्धी रोग भएका व्यक्ति

फाइजर खोप कोभिड-१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिहरुले यो लगाउनु हुँदैन ।साथै १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले समेत  खोप लगाउनुमिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?