मोटरसाइकल थाङ्दीखोलामा खस्दा शुक्लागण्डकीका गुरुङ मृत्यु

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद–बेलचौतारा भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ बस्ने २७ वर्षीय विनोद गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय अनोज गुरुङ घाइते छन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा विनोदको गएराति ११ः४० बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक खाँणले बताए । दुर्घटनामा घाइते अनोजको लेखनाथ सिटी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भिमादबाट बेलचौतारा आउँदै गरेको प्र–०३–०३० प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल थाङ्दी खोलामा खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?