बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन रुम टु रिड ऋषिङ गाउँपालिकासंगै अवलोकन तथा अन्तरक्रिया

दमौली : बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन तनहुँको ऋषिङ गाउँपालिका-१ बेल्टार स्थित शुक्ला माध्यामिक विद्यालयमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिडको बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो ।

बालिका शिक्षा कार्यक्रम सञ्चालनमा आएका चुनौती तथा समस्याको कार्य योजना समेत प्रस्ततु गरी यो कार्यक्रमले विद्यालयमा बालिकाहरुको पढाइ छाड्ने दर घटाउनका साथै बालिकाहरुलाई पढाइ प्रति प्रेरित गर्न निकै सहयोग गरकोले कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको उपस्थित रहेकाहरुको भनाई रहेको थियो ।

शुक्ला माध्यमिक विद्यालयमा आइतबार भएको कार्यक्रममा कक्षा ६ मा अध्यायनरत १४ बालिकाहरुलाई प्रदान गरिएको कार्यक्रममा बोल्दै ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनु माया थापाले विद्यार्थीहरूको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सिक्ने क्षमताको बृद्धि हुनुका साथै शिक्षण सिकाइ प्रक्रियामा समेत टेवा पुग्ने बताइन् ।

ऋषिङ १ का वडा अध्यक्ष कुश बहादुर थापाले समाजमा सचेतना फैलाउन तथा शिक्षामा सोचेजस्तो परिवर्तन ल्याउन कार्यक्रम उपयोगि हुने धारणा राखे ।

रुम टु रिडका, तनहुँ फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलले पालिकाहरूको साथ र सहयोग भएमा अन्य विद्यालयमा पनि कार्यक्रमलाई विस्तार गर्न सकिने बताउँदै श्रोत र साधनको अभाव रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर थापा मगर , रुम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, वरिष्ठ कार्यक्रम सहायक मञ्जु लोहनी, पालिकाका शिक्षा शाखा प्रमुख सुवाश चन्द्र रानाभाट, भिमबहादुर थापा , प्रा सा मञ्जु पौडेल, शिक्षिक सुनिता बुढाथोकी, मञ्जु न्यौपाने,रुमटु रिडका सामाजिक परिचालक कलावती विमली लगायतले शिक्षामा परिवर्तनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

तनहुँका १८ वटा विद्यालयमा रुम टु रिडको बालिका शिक्षा कार्यक्रम संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?