काठमाडौं : नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमोन) आगामी वैशाखबाट मात्रै किसानले पाउने भएका छन्।
‘अब स्वास्थ्य परीक्षण र वीर्य उत्पादनको चरण पार गरी किसानसम्म नस्ल सुधारका लागि मुर्राको वीर्य वैशाखबाट पठाउन सकिन्छ,’ उनले भने। नेपाल ल्याइएका १५ मध्ये तीन राँगा लहान र पाँच नेपालगन्जमा छन्।
राँगाहरूलाई पोखरामा फूलमालाले स्वागत गरिएको थियो। एक महिनाको क्वारेन्टाइन अवधिमा कुनै रोग नदेखिए तिनलाई मूल गोठमा राखिने छ। भारतबाटै निरोगिताको प्रमाणपत्र प्राप्त राँगामा बाटोमा सङ्क्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको हो।
पुसबाट परीक्षणका लागि वीर्य सङ्कलन गर्ने केन्द्रको तयारी छ। सङ्कलित वीर्य प्रयोगशालामा जाँच गरी उपयुक्त प्रमाणित भएपछि मात्र देशका विभिन्न भागमा पठाइने डाक्टर पाण्डेले बताए।
सबै राँगा दुईदेखि तीन वर्ष पूरा भएका छन्। अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्छ। एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको छ।
पुसबाट वीर्य सङ्कलनको ट्रायल सुरु गरी माघबाट स्टोर गर्ने तयारी छ। हप्तामा दुई पटक वीर्य सङ्कलन गरिने छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?