सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

काठमाडौं : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन एक लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा एक लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन एक लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?