बझाङमा गयो भूकम्प

काठमाडौं : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार साँझ ६:४४ बजे बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?