मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु

हेटौँडा : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छन् ।

सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार मकवानपुरको मकवानपुरगढी(२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको छ ।

घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन् ।

घाइते स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?