काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्।
लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्।
सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएको भोलीपल्टै फेरि उनी कतार जाने कार्यक्रम रहेको सहप्रवक्ता रावलले बताइन्। उनी कतारबाटै बेलायत जानछन्।
सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?