देउवाले भनेः कम बोल्ने र काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन् । शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका हुन् ।

उनले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’

सभापति देउवाले पार्टीका नेता कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा पार्टी बलियो हुने बताए ।

विमान छुट्न लागेको भन्दै उक्त कार्यक्रममा देउवाले केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भन्दा पहिले बोल्न समय मागेका थिए ।

उनले आफू भाषण गर्ने मान्छे नै नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?