काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २३ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो।
आयोगले पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको हो।
माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ।
पुस २० गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधको उजुरी दिनका लागि छुट्टाछुट्टै समय तोकिएको छ। मतदाता नामावली बिहान १० बजेदेखि ११ बजेभित्र प्रकाशन हुनेछ भने ११ बजेदेखि ४ बजेसम्म दाबी विरोधको उजुरी दिन समय तोकिएको छ।
पुस २१ र २२ गते निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही गर्ने तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?