हाजिरीजवाफमा कर्मचारी समूह प्रथम

दमौली : अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा कर्मचारीको समूह प्रथम भएको छ ।

दिवसको अवसरमा आइतबार सामाजिक विकास कार्यालय तनहुँले आयोजना गरेको प्रतियोगितामा कर्मचारीको समूह प्रथम भएको हो ।

प्रतियोगितामा नेपाल पत्रकारको समूह द्वितीय भएको छ । अन्तिम चरणमा आएर २८ अंक प्राप्त गरेर कर्मचारी र पत्रकारको समूह पछि थप तीन/तीन प्रश्नमा कर्मचारीले दुई अंक जोडेर ३० पाएर प्रथम भएका हुन् ।

त्यस्तै प्रतियोगितामा शिक्षकको समूह तृतीय भएको छ । शिक्षकको समूहले २३ अंक पाएको थियो ।

प्रथम भएको कर्मचारीको समूहले रु दश हजार, द्वितीय भएको पत्रकारको समूहले रु सात हजार नगद प्राप्त गरेको छ ।

विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?