विज्ञापन बोर्डले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशनमा रोक लगाएको छ ।
विज्ञापन बोर्डले यही कात्तिक २५ गते विज्ञप्ति प्रकाशित गरेको थियो । सञ्चारमाध्यममा रक्सीलगायत वस्तुकाे विज्ञापन प्रकाशन भए विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुनअनुसार कारबाही समेत हुने विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने व्यवस्था गरेको हुनाले त्यस्ता बस्तुहरूको विज्ञापन नगर्न बोर्डले अनुरोध गरेको हो ।
जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन” भन्ने व्यवस्था रहेको साथै विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १(छ) मा “प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?