भूकम्पपीडितलाई तनहुँ उद्योग वाणिज्य संघले पठायो राहत

दमौली : तनहुँ उद्योग वाणिज्य संघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ। सोमबार तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल मार्फत भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन्।

संघले पोलार ब्ल्याकेट ५० पिस, त्रिपाल ४५ पिस, भुवावाल ट्राउजर ५० पिस,न्याने पेटिकोट ५० पिस, उनीको टोपी सय पिस,हुड ५० पिस र फाइवर सिरक डवल ५० पिस व्यवासयहरुबाट प्राप्त  अन्य न्यानो कपडा १३६ पिस र बच्चाहरुको न्यानो कपडा ४० जोर  लगायत सामाग्री पठाएको संघका महासचिव सुबोध अधिकारीले जानकारी दिए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले मुलुक विपत्‌मा परेका बेला सधैँ अग्रभागमा रहेरको भन्दै संघले सञ्चालन गरको भुकम्प पिडितकालागि राहत संकलनबाट संकलन राहत सामाग्री जिल्ला प्रशासन कार्यालय तनहुँ  मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले वताए ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते  राति  ६.४ रेक्टर स्केलको भूकम्पका गएको थियो ।भूकम्पका कारण झन्डै आठ हजार घर बस्नै नमिल्ने गरी भत्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?