काठमाडौँ : नेपाल सरकारले बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ ।सरकारले ई-पासपोर्ट जारी गरिएसँगै पहिलो औपचारिक रुपमा ई-पासपोर्ट पाउने ब्यक्ति भने शताब्दी पुरुष सत्यमोहन जोशी रहेका छन् । उनलाई औपचारिक समारोहबीच बुधबार परराष्ट्रमत्री नारायण खड्काले उक्त पासपोर्ट प्रदान गरिएको थियो । मंसिर १५ गतेबाट भने पूर्णरुपमा सर्वसाधरणका लागि पनि वितरण गरिने राहदानी विभागले जनाएको छ।
यस विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्न सक्छ ।जसले गर्दा कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । नेपालमा हाल सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?