त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

विमानस्थल भन्सार कार्यालयको टोलीले बिहीबार राति ११ बजेर ४० मिनेटमा फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेलाई पक्राउ गरेको हो ।

घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरेको जनाएको छ ।

साथै सुन ल्याउन लगाउने व्यक्ति मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । भरिया बनेका चन्द्र घलेको वयानका आधारमा मीनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई अस्थायी हिरासतमा राखेर कोटेश्वर प्रहरी चौकी पठाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?