तमु युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण, महासचिवमा तनहुँका मनराज

दमौली : तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ चयन भएका छन् । इलाममा सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

महासचिवमा तनहुँका मनराज गुरुङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सर्वजित गुरुङ, महिला उपाध्यक्षमा प्रमिला गुरुङ, कोषाध्यक्षमा विनोद गुरुङ चयन भएका छन् ।

महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?