नारायणी नदी किनारमा नवजात शिशु मृत फेला

चितवन : भरतपुर महानगरपालिका–१६ भगेरीथानस्थित नारायणी नदी किनारमा नवजात शिशु (बालक)को शव फेला परेको छ ।

नदीले बगाई ल्याएको जस्तो देखिने अन्दाजी ७ महिनाको शिशुको शव बिहीवार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृह पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?