कमल राज भण्डारी २५ बर्ष अगाडि पनि सहायक, अहिले पनि सहायक

दमौली : २५ बर्ष अगाडि तनहुँका सहायक सिडिओ भएका कमलराज भण्डारी अहिले पनि सहायक सिडिओकै रुपमा तनहुँमा कार्यरत छन् । भण्डारी २५ बर्ष पछि फेरि तनहुँमा सहायक सिडिओको रुपमा आएर गतसाता देखि हाजिर भएका हुन् ।

भण्डारीको निजामती सेवाको पहिलो पदस्थापना तनहुँमा शाखा अधिकृतको रुपमा भएको थियो । त्यतिबेला तनहुँ ख बर्गको जिल्ला कायम थियो । तर अहिले जिल्ला क बर्गको भएपछि भण्डारी पुन: तनहुँ आएका हुन् ।

भण्डारीले ०५५/०५६ सालमा जनार्दन नेपाल सिडिओ हुँदा सहायक सिडिओ भएर काम गरे । त्यतिबेला दुई बर्ष सेवा गरेर उनी गृह मन्त्रालय सरुवा भए । तनहुँबाट सरुवा भएपछि दुई बर्ष गृह मन्त्रालयमा काम गरेको भण्डारीले बताए । गृहपछि अध्यागमन बिभागमा पनि करिब दुई बर्ष काम गरे। त्यसपछि सिन्धुपाल्चोकको सहायक सिडिओ भएर गए । सिन्धुपाल्चोकमा नौ महिना सेवा गरेपछि मलाई कामु सिडिओ बनाए । त्यसपछि केही समयपछि मन्त्रालयले सिडिओ पठायो । अनि मलाई फेरि सहायक नै बनायो, त्यतिखेर राज्यले अन्याय नै गरेको उनको बुझाइ छ । केहि समयपछि फेरि उनी गृह मन्त्रालय सरुवा भए । गृहमा भण्डारीले करिब दुई बर्ष काम गरे । कामको दौरानमा भण्डारी विभिन्न जिल्लामा पुगे ।

०६८ मा उपसचिव भएका भण्डारी ललितपुरको प्रसासकीय अधिकृत भएर पनि काम गरे । दुई बर्ष श्रम मन्त्रालयमा पनि काम गरेर उनले अनुभव बटुले । कामको शिलशिलामा विभिन्न जिल्लामा पुगेर सेवा गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । कर्मचारी भएपछि सरकारले जहाँ खटाएपनि जानुपर्छ । त्यही अनुरुप देशका धेरै ठाउँहरु पुग्ने अवसर पनि प्राप्त भयो । कामको शिलशिलामा धेरै मानिसहरू चिनियो । अनुभव पनि बटुलियो । अहिले खुशी छु, उनले भने । श्रम मन्त्रालयमा काम गर्दागर्दै भण्डारीको सङ्घिय मामिला मन्त्रालय त्यसपछि डडेलधुराको एलडिओ र तिलोत्तमा नगरपालिकामा कार्यकारी अधिकृत भएर काम गरे । त्यहाँ बाट पनि केही समयपछि तारकेस्वर नगरपालिका हुँदै आपूर्ति मन्त्रालयमा सरुवा भयो ।

त्यसपछि गृहले मनाङको सिडिओ बनाएर पठाएको उनले बताए । अनि रौतहटको चन्द्रनिगाहपुर इलाका प्रसासन कार्यालय । त्यसपछि सङ्घिय मामिला मन्त्रालयले जाजरकोटको समन्वय अधिकारी त्यहाबाट इलाका प्रसासन कार्यालय लहान फेरि बझाङको सिडिओबाट गोरखामा सहायक सिडिओ हुँदै इलाका प्रशासन कार्यालय लेखनाथमा पठायो । अहिले लेखनाथबाट तनहुँ आएको हुँ उनले भने । भण्डारी फेरि तनहुँमै आएर सेवा गर्न पाएकोमा खुशी नै छन् । यहाँ रहँदा जनताको काम छिटो छरितो गर्ने र सबैको सद्भाव र माया बटुल्ने तरिकाले काम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?