माैसमविद् भन्छन्– तापक्रम घट्ने क्रममा छ, सतर्कता अपनाउनू

दमौली : देशभर तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसाे र राति देशभरकाे माैसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?