काठमाडौं : आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारी आन्दोलित भएका छन् । न्याम्सका स्वास्थ्यकर्मी तथा कर्मचारीले शुक्रबार अस्पतालको आर्थिक तथा कर्मचारी प्रशासन शाखामा ताला लगाएका छन् ।
अस्पतालभित्रका नौवटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित तलबभत्ता तथा अतिरिक्त समय काम गरेको आठ महिनाको पारश्रमिक नपाएको जनाएका छन् । यसबारे पटकपटक न्याम्समा जानकारी गराउँदा समेत अस्पताल व्यवस्थापनले वास्ता नगरेको उनीहरूको आरोप छ ।
आर्थिक र प्रशासन शाखामा ताला लागेपछि अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच छलफल सुरु भएको छ । “सफाइकर्मीसहित केही कर्मचारीको नियमित तलब पनि रोकिएको छ, अहिले उहाँहरूसँग छलफलमा जुटेका छौँ”, अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने
बक्यौता पाश्रिमिक भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने कर्मचारीले चेतावनी दिएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?