पोखरा : नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?