सत्ता गठबन्धनमा राष्ट्रिय सभाको सिट बाँडफाँटः कुन प्रदेशमा कुन दलको कति उम्मेदवार ?

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगिने बताए ।उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।

यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ । नेताहरुका अनुसार उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?