
तनहूँको ऋषिङ्ग गाउँपालिका वडा नंं १ धारापानीमा यात्रु बोकेको जीप दुुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
दिउँसो करिब तीन बजे दमौलीबाट भीरकोट जाँदै गरेकाे ग १ ज ७६०० नम्बरको जीप भीरबाट तल खस्दा १६ जना घाईते भएका छन् ।
घाईतेहरुको दमौलीका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको र गम्भिर घाईतेहरुलाई पोखरा लग्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएकाे छ।
प्रहरीका अनुसार जीप भीरबाट करिब एक सय मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?