दमौली इकाइ अधिवेशन : उपसभापति, कोषाध्यक्ष र जिल्ला प्रतिनिधिमा निर्वाचन हुने

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाई उपसभापति, कोषाध्यक्ष र जिल्ला प्रतिनिधिका लागि निर्वाचन हुने भएका छन्  । इकाईको  उपसभापति, कोषाध्यक्ष र जिल्ला प्रतिनिधिका चयनका लागि २ बजे देखि मतदान हुने निर्वाचन संयाेजक भीमलाल श्रेष्ठले जानकारी दिए ।

उपसभापतिमा विष्णुलाल श्रेष्ठ, दिपक राई, इन्द्रलाल श्रेष्ठ, राजेन मियाँ र शेषराज श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षका लागि हर्षमान श्रेष्ठ, लालप्रसाद प्रधान, नारायण मल्ल र युवराज भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला प्रतिनिधिका लागि भरतकुमार श्रेष्ठ, भूपाल आले मगर, वीरेन्द्रकुमार श्रेष्ठ, ब्रजेज साह तेली, एकप्रसाद श्रेष्ठ, किनकुमार श्रेष्ठ, माधव न्यौपाने, मोहम्मद सलिम मियाँ, महेश मल्ल, नविन श्रेष्ठ, प्रकाश श्रेष्ठ र राजेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

सभापतिमा भने सुकनारायण मल्ल सर्वसम्मत चयन भएका छन् । राजकुमार श्रेष्ठ राकु र बिन्दु श्रेष्ठले मल्ललाई समर्थन गरेपछि मल्ल सभापतिमा सर्वसम्मत भएका हुन् ।

त्यसैगरी सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।  सदस्यहरुमा अनिलकुमार श्रेष्ठ,अनुप दाहाल,अर्जुन पौडेल,बलराम वाग्ले,बीरबहादुर नेपाली,बिष्णुकुमार कायस्थ,चिजकुमार श्रेष्ठ,नारायण सापकोटा,पोष्टमान श्रेष्ठ,रबि भुजेल,प्रकाश श्रेष्ठ,संगम घर्ती,ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?