दमौलीमा दुई दिने माघेसंक्रान्ति मेला लाग्ने

दमौली : तनहुँको सदरमुकाम दमौलीमा नेपाल मगर संघ व्यासनगर कार्यसमितको आयोजनमा दुई दिने माघेसंक्रान्ति मेला लाग्ने भएको छ ।  व्यास नगरपालिका -३ स्थित अनसन चौतारीको खुल्ला मैदानमा पुष २९ र माघ १ गते गरी दुई दिन मेला लाग्ने भएको हो ।

मंगलवार दमौलीमा पत्रकार सम्मेलन गर्दै दुई दिनसम्म चल्ने मेलामा राष्ट्रिय कलाकार, संस्कृतिक कार्यक्रम, कौराह प्रस्तुती, खेलकुद लगाएत कार्यक्रमहरु सञ्चालन हुने मेला नेपाल मगर संघ व्यासनगर कार्यसमित अध्यक्ष रिमा थापा मगरले जानकारी दिईन् ।

उक्त कार्यक्रम अन्तर्गत माघ १ गते साँझा पारस जंग ठाकुरी (कुल ब्वाई) को कन्सर्ट हुने साँस्कृतिक संयोजक अनुराज थापा मगरले जानकारी दिए   ।  उनका साथसाथै गायक संजिव सिं राना, लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

नयाँ पुस्तामा माघेसंक्रान्ति जानकारी दिने हेतुले दुई दिने मेला आयोजना गरिएको नेपाल मगर संघका निर्वाचन समितिका केन्द्रीय संयोजक सिद्धान्त गर्ज मगरले बताए। माघेसंक्रान्तिका दिनमा मगर भेषभूषामा सजिएका १५ सय जनाले एकैचोटी  कौराह प्रस्तुती गर्ने आयोजकले जनाएको छ ।

नेपाल मगर संघका केन्द्रीय सदस्य नन्दबहादुर थापा मगर ,संघ गण्डकी प्रदेशका उपाध्यक्ष मणिराज थापा , वरिष्ठ सल्लाहकार यामबहादुर आले लगायतले हराउँदै जानलागेको कला, संस्कृति , रितिरिवाज तथा परम्परा तथा  संस्कृतिलाई बचाउनका लागि उक्त मागे संक्रान्ति मेला तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए ।

करिब ९  लाख खर्च हुने अनुमान गरिएको मेलामा पौष २९ र माघ १ गते बेलुका ५ बजे सम्म निशुल्क प्रवेश गर्न पाउने छ भने कन्सर्टका लागि  ३ सय रुपैयाँ टिकटदर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?