दमौली : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन भोलि दमौलीमा आउने भएका छन् । पुनकाे आत्मकथा समेटिएकाे पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ विक्रिका लागि आउने भएको हो।
पुन भोलि दिउँसो ३ बजे लियो क्लब अफ तनहुँको सहजीकरणमा दमौली आउने कार्यक्रम रहेको क्लबका प्रथम उपाध्यक्ष सगर घिमिरेले जानकारी दिए । ‘भोलि दिउँसो ३ बजे व्यास नगरपालिका-३ अनसन चौतारीमा डा. महावीर पुन आउने कार्यक्रम रहेको छ , उनले भने -” दमौली नजिक रहेका महानुभावहरुलाई पुस्तक खरिद गरेर सहयोग गर्न अनुरोध गर्दछु ”
करिब ३० वर्षदेखि वीरगञ्जमा बन्द अवस्थामा रहेकाे कृषि औजार कारखाना सञ्चालनकाे लागि आर्थिक सहयाेग जुटाउन बिक्री भइरहेको पुस्तक विक्रीका लागि सहजीकरण गरेको क्लबका सचिव मुकेश विडारीले बताए ।
पुन आज गोरखा , आँबुखैरेनी र लमजुङमा पुस्तक विक्रिका लागि आइपुगेको छ। उनको आत्मकथा नेपालसँगै बेलायत, हङकङ, जापान, अमेरिकालगायत देशमा ठुलाे परिणाममा पुस्तक भइसकेको छ ।
पुनले बिक्री भएका किताबकाे सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घाेषणा गरेका छन्।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?