किताव बेच्न दमौलीमा आईपुगे महाविर पुन

दमौली : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन आफ्नो पुस्तक बेच्न दमौली आइपुगेका छन् । उनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ विक्रीका लागि दमौली आएका हुन् ।

जीवनका पीर–व्यथा, संर्घष र प्रेरणादायी प्रसङ्गहरु उनेर तयार गरिएको किताब बिक्रीको दौरनमा रहेका छन् ।व्यास नगरपालिका -३ अनसन  आफ्नो पुस्तक विक्री गरे । उनले दमौलीमा राती १० बजे सम्म बस्ने बताएका छन्  ।

दमौलीमा आउने वित्तिकै उनले ‘आउनुहोस्, आउनुहोस्, महावीर पुनको किताब किन्नुहोस्’। उनी गोरखा, तनहुँको आँबुखैरेनी,डुम्रे, बन्दिदपुर लमजुङ्गका विभिन्न स्थान हुँदै बिहीबार साँझ दमौली आएका हुन् ।

महावीर पुन किताब बेच्दै, किताबमा हस्ताक्षर गर्दै, धमाधम पाठकहरुसँग फोटो खिच्दै थिए। ‘महावीर पुनलाई पैसा चाहिएर नभएर वीरगञ्जको कृषि औजार कारखाना संचालनका लागि रकम जोहो गर्न पुस्तक विक्रीका लागि आएको बताए ।

पुनले बिक्री भएका किताबकाे सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घाेषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?