प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा कपिलवस्तुका मोहम्मद मुक्तदा र सचिवमा तनहुँका रानाभाट 

दोहा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रवास कमिटि प्रवासी नेपाली एकता मंच कतारको अध्यक्षमा कपिलवस्तुका मोहम्मद मुक्तदा मुसलमान चयन भएका छन् । शुक्रवार कतार स्थित दोहामा भएको छैठौ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा मोहम्मद मुक्तदालाई चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षहरुमा काभ्रेपलान्चोकका नन्द प्रसाद ढुंगाना र उदयपुरका राम कुमारी तामाङ , सचिवमा तनहुँका रुक बहादुर रानाभाट, उपसचिवहरुमा मोरङका सुरज बुढाथोकी उदयपुरका एकराज कटवाल र काठमाडौंका सपना महर्जन चयन भएका छन् ।

सदस्यहरुमा तनहुँका हेम आले मगर, तोयानाथ पौडेल, मदन गिरी, धनुषाका उमेश मण्डल, झापाका बुद्धिचन्द राजबंशी ,धनुषाका राजबिर यादब, झापाका जनम बर्देवा, रौतहटका शेख फयास , तनहुँका उमेश रेग्मी पदम, तनहुँका बहादुर रानाभाट, झापाका प्रबिण कडरिया कंचनपुरका विष्णु बहादुर विष्ट, रुपन्देहीका सुर्यदेव लामिछाने, तेहथुमका सुनिता खड्का र झापाका प्रतिमा सेवा चयन भएका छन् ।

सदस्यहरुमा झापाका कुसुम मादेन लिम्बु, धादिङ्गका सन्तोष प्रजा, काठमाडौंका पुन्य प्रसाद बिमाली, रौतहटका साजिद एकबाल, रौतहटकै सगिर अहमद, चितवनका सुसमित पाण्डे नवलपरासीका भिम बहादुर क्षेत्री, तनहुँका किरण बहादुर सुनार, कास्कीका सुदिप थापा मगर , मोरङका राज कुमार दर्जि, ईलामका टंक बोहरा गुल्मीका कृष्णदिप कुमाल, खोटांगका पुष्प लामा, कपिलवस्तुका मसउद अजहर मु, गुल्मीका शरद ज्ञवाली, कंचनपुरका दिपक बहादुर सिंह, मकवानपुरका अनिल गौतम, मोरङका केवल विश्वकर्मा मोरङकै रिता ढकाल र रौतहटका हैदर अलि चयन भएका छन् ।

अनुशासन कमिटीको अध्यक्षमा भाईकाजि गुरुङ् , निर्बाचन कमिटीको अध्यक्षमा रामसागर मेहता, सचिबमा तरबेज आलम र लेखापरिक्षण कमिटीको अध्यक्ष अमित लम्साल चयन भएका छन् ।

निर्बाचित राष्ट्रिय कमिटीको बैठकबाट मनोनित सल्लाहकार परिषद्को अध्यक्षमा गणेश प्रसाद ढकाल ,उपाध्यक्षमा खगराज खराल (मामा यासिन) र सचिवमा मिनराज वाग्ले चयन भएका छन् ।

सदस्यहरुमा थमकुमार गिरी,पदम गिरी, बिनोद प्रशाद बसौला ,सन्तोष रेग्मी, नारायण ढुंगाना, शेख अब्दुल रजिक, अर्शद हुसेन मु , सानोबर जहा र अव्दुल वासिद चयन भएका छन्

संस्थाको कार्यवाहक अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष, सांसद एवं पुर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे , केन्द्रिय सचिव एवं पुर्व मन्त्री राम कुमारी झाक्री, स्थायी कमिटि सदस्य एबम प्रबास समन्वय कमिटिका संयोजक श्रीप्रसाद शाह, प्रबास समन्वय कमिटिका सल्लाहकार परिषदका अध्यक्ष एवं मधपुर्ब इन्चार्ज नरेश श्रेष्ठ, प्रबास समन्वय कमिटिका सल्लाहकार परिषदका सदस्य मोहमद मुक्तादा मुसलमान, गैरआवासीय नेपालि संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मी, गैरआवासीय नेपालि संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपमहासचिव प्रविन गुरुङ, प्रबासी नेपालि एकता मंच राष्ट्रिय कमिटि कुवेतका अध्यक्ष युवराज गैरे लगायतका प्रतिनिधिहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?