नेपाली काङ्ग्रेसको महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलको उम्मेदवार घोषणा

दमौली : नेपाली कांग्रेसका नेता रघुनाथ पौडेलले नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा उठ्ने भएका छन् । विहिवार दमौलीमा गरिएको पत्रकार सम्मेलनमा नेता पौडेलले सो जानकारी गराएका हुन् ।

उनले आजै उम्मेदवारी दिएकोे कुरा पनि सम्मेलनमा राखेका थिए ।

उनले मेरो जित निश्चित छ मैले सवै तहको नेताहरु संग छलफल गरि सकेको छु, गरि रहेको छु, मलाई सवैको साथ छ, सवै नेताको सहयोग भएको कुरा बताएका हुन् ।

फरक प्रसंगमा बल र पैसामा केहि नलाग्ने भन्दै प्रदेश सभापतिको लागि आफु भन्दा सक्षम ब्यक्ति कोहि पनि नभएको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?