
काठमाडौं : प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० सञ्चालन गर्ने भएको छ । २० बुँदे माग राख्दै परिषद्ले माघ महिनाभर देशव्यापी रूपमा दबाबमुलक कार्यक्रम गर्ने जनाएको छ ।
अभियानमार्फत् शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै कुल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था सबैतिर कार्यान्वयन हुनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज हुनुपर्ने लगायतका माग राखेको छ ।
माग पुरा गर्न २५ वटा केन्द्रमा दबाब र्याली, प्राज्ञिक वर्गमा अन्तर्क्रिया गोष्ठी छलफल लगायतका कार्यक्रम गरिने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले बताए ।
अभियानका क्रममा संकलित सुझावलाई जिल्लामार्फत् सम्बन्धित निकायमा पुर्याइने पनि परिषद्ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?