दमौली : तनहुँ उद्योग वाणिज्य संघको द्वितीय उपाध्यक्षमा शकुन्तला आलेले उम्मेदवारी सार्वजनिक गरेकी छन् । संघको १७औं अधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता रहेकामा आलेले द्वितीय उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
अध्यक्षमा वैकुण्ठनाथ मिश्र र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।
हेमा ब्यूटी पार्लर र ट्रेनिङ सेन्टरका संचालक एवं तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका निवर्तमान सभापति रहेकी आलेले महिला उद्यमी विकासको क्षेत्रमा भूमिका महत्वपूर्ण रहदै आएको छ ।
उनी व्यास -२ निवासी आले तनहुँ सौन्दर्य व्यावसायी संघ दमौलीको सस्थापक अध्यक्ष , वेद व्यास ज्येष्ठ नागारिक आश्रमको उपाध्यक्ष लगायत अन्य विभिन्न सं–सस्थामा आवद्द रहेकी छिन् । उनका साथ – साथै द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र शिवओम मल्ल को उम्मेदवारी परेको छ ।
प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ राकुको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भिमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ ।
आज माघ ७ गते उम्मेदवारी उपर दावी विरोध, माघ ८ गते छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदानको कार्यतालिका रहेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?