तनहुँ: व्यास नगरपालिका वडा -१ विज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसको “व्यवस्थापन विद्यार्थी सर्कल”द्वारा अन्तर सङ्काय स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेका छन् । सर्कलका कर्यवाहक अध्यक्ष दिनेश विश्वकर्मा को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्द्घाटन गर्दै प्रमुख अतिथि सर्कलका प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले ज्युले हाजिरी जवाफ प्रतियोगिता क्याम्पसमा २ बर्ष देखि कोभिडको कारणले रोक्नुपरेको अहिले यो कार्यक्रम व्यवस्थापन विद्यार्थी सर्कल गरेकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो प्रतियोगितामा सबै विद्यार्थीहरु बाट नौ जना समुहको सहभागी रहेका थिए । सहभागी मध्ये बाट प्रतियोगितामा प्रथम पुरस्कार विविए विद्यार्थी कल्वाडका अन्जु सेढाई , सुस्मिता पण्डित र अनुपा गिरीलाई प्रथम पुरस्कार , द्वितीय हुने व्यवस्थापन विद्यार्थी सर्कल का एकता कडेल , मनिष विसुराल र रविना वि. क र तृतीय हुने अंग्रेजी विद्यार्थी सोसाईटिबाट सुनिता विक, प्रविन रानाभाट र करुण श्रेष्ठलाई क्याम्पस प्रमुख महाप्रसद हड्खले, सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी , व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे र प्रध्यापक दिपा थापाले विजेता टिमलाई पुरस्कार र प्रमाण पत्र हस्तान्तरण गरेको सर्कलका सचिव सुमन खड्काले जानकारी दिए ।
त्यसैगरी उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी र सागर पौडेल , व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे , प्रध्यापकज्यूहरु, क्याम्पसका नेविसघं सभापति सुदर्शन पोखेरल , रेड्क्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी , आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष सागर पाण्डे,विज्ञान क्लबका अध्यक्ष अनिल रानाभाट ,एविआइटि क्लबका अध्यक्ष विकल श्रेष्ठ , विविए क्लबका अध्यक्ष समुन्द्र ढकाल , अंग्रेजी विद्यार्थी क्लबका अध्यक्ष सुनिता आचार्य गणित विद्यार्थी क्लबका अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?