देवघाट : पवित्र तिर्थस्थल देवघाटधाम स्थित त्रिशुली नदीमा रहेको झोलुङ्गे पुल बन्द हुने भएको छ । जीर्ण अवस्थामा रहेको पुल मर्मतका लागि माघ १२ गते (भोलि)देखि दिउँसोमा आवागमन बन्द गर्न लागिएको हो ।
देवघाट क्षेत्र विकास समितिले आज एक विज्ञप्ती जारी गर्दै दिउँसो ११ बजेदेखि तीन बजेसम्म आवागमन बन्द गरिने जानकारी दिएको छ । यो पुल देवघाट जोड्ने चितवन र तनहुँको एक मात्र पुल हो ।
यहाँबाट स्थानीय बासिन्दा संगै देवघाट आउने हजारौँ तिर्थयात्री आवातजावत गर्दछन् । हाल जीर्ण अवस्थामा रहेको यस पुललाई सस्पेनस बृज डिभिजन कार्यालय, पुलचोक ललितपुरका प्राविधिक टोलीले मर्मत गर्न लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।
उनका अनुसार पुल मर्मतको काम पुरा नभएसम्म दिउँसोमा बन्द हुनेछ । देवघाट क्षेत्र विकास समितिले स्थानीय, भक्तजन तथा सर्वसाधरणलाई पुल मर्मतमा सहयोग गर्न आह्वान समेत गरेको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?