फिल्म ‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमका बीच ‘नमेटिने घाउ’ फिल्मको घोषणासँगै शुभमुहूर्तमा उक्त जानकारी दिइएको हो। यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन्।

रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने यस फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?