आँबुखैरेनी गाउँपालिकाका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका- २ का भूमिहिन सुकम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँकाे समन्वयमा गाउँपालिकाले आँबुखैरेनी-२ का १३ सुकुम्बासीलाई साेमबार लालपूर्जा वितरण गरेकाे हाे ।

आँबुखैरेनी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच वडा नं २का १२ जना भूमिहिन सुकम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिएको थियो ।  सो कार्यक्रमको प्रदेश सांसद हरिबहादुर चुमनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रम प्रमुख अतिथि चुमन सहित राष्ट्रिय भूमि आयोगका तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी ,गाउँपालिका अध्यक्ष शुक्र चुमन लगायतले सयुक्त प्रमाण पत्र पुर्जा वितरण गरेका थिए ।

पुर्जा ग्रहण गर्न पाउँदा भूमिहिन सुकुम्बासीहरु अत्यन्त खुसी भएका थिए । उनीहरुले आफूहरुको बर्षै देखिको सपना पुरा भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?