म्याग्देले मगर दिवसमा सार्वजनिक बिदा दिने

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ४२ औँ मगर दिवसको अवसरमा फागुन १५ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा माघ १५ गते बिहिवारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले जानकारी दिए ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?