नेकपा एमालेको दसौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली पुनः चार वर्षे कार्यकालका निर्वाचित भएका छन् ।
ओलीले १८०८ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी भिम रावलले भने २१३ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन ।
महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । दुई हजार १५३ जना प्रतिनिधि महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?