भादगाउँ देखि छाब्दी बाराही मन्दिरसम्म मिनी म्याराथन गर्दै आदिकवि भानुभक्त क्याम्पस

दमौली : तनहुँको व्यास नगरपालिका-१ विज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसले भादगाउँ देखि छाब्दी बाराही मन्दिरसम्म मिनी म्याराथन गर्ने भएको छ ।

छाब्दि बाराही मन्दिरको व्यापक प्रचारप्रसार गर्ने उद्धेश्यले आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गर्न तथा युवाहरूलाई खेलप्रति आकर्षण गर्नका मिनी म्यारथन गर्न लागेको क्याम्पसका अतिरिक्त समितिका संयोजक तिल बहादुर थापा मगरले जानकारी दिए  ।

उक्त कार्यक्रम आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास कोष, व्यास-१४ को संयुक्त आयोजनामा फागुन १  गते हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खाले बताए ।

दौड खुला प्रतिस्पर्धा हुने मिनी म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राशी र प्रमाणपत्र प्रदान गरिने क्याम्पसले जनाएको छ ।

म्याराथनमा तनहुँ जिल्लाभरका क्याम्पस र विद्यालयका विद्यार्थीहरूले भाग लिन पाउनेछन् । सहभागी हुन चाहने धावकहरुले अध्ययन गर्दै गरेको क्याम्पस वा विद्यालयको लेटर प्याडमा नाम जन्म मिति, कक्षा, तह स्पष्ट खुलेको प्रअको सिफारिस पत्रका साथै सहभागी विद्यार्थीको फोटो र विवरण खुलाएर विद्यालयले जारी गरेको परिचयपत्रको सक्कल सहित सहित आदिकवि भानुभक्त क्याम्पसमा नाम दर्ता गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?