सर्वोच्चले गर्‍यो फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

काठमाडौं :  सर्वोच्च अदालतले फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलवार एक सूचना जारी गर्दै सर्वोच्च अदालतले यस्तो घोषणा गरेको हो ।

‘२०५०।११।०१ गते सोही विदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।०२ मा प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा मिति २०५०।११।०१ गतेको सार्वजनिक विदा बदर भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’  सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ ।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते ‘जनयुद्ध’को नाममा सशस्त्र युद्ध शुरू गरेको थियो । सोही युद्धलाई गत वर्षको माघ २९ गते  प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको मन्त्रिपरिषकाे निर्णयबाट फागुन १ गते बिदा दिने निर्णय भएको थियो ।

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चले सो बिदा बदर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?