दमौली : नेपाल रेडक्रस सोसाइटी तनहुँ तथा युवा सर्कलद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा सत्यवती माध्यमिक बिद्यालय दमाैली प्रथम भएको छ । १५ वटा बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा सत्यवती माध्यमिक बिद्यालय प्रथम भएको हो।
यस्तै प्रतियोगितामा बाराही मा वि द्वितीय, राधा मा वि तृतीय र सर्वज्योती मावि सान्त्वना भएका छन ।
कार्यक्रममा बन्दिपुर गाउपालिका वडा न १ का अध्यक्ष शिवकुमार श्रेष्ठ , ने रे सो तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगायतको सहभागीता रहेको रेडक्रस सदस्य एव जुनियर/ युवा संयोजक विमल गिरीले जानकारी दिए ।
यस्तै प्रतियोगितामा नारायण ढकाल,सुनिता तिवारी , अधिकृत इमनाथ भट्ट , बिद्यालयका प्र अ एबम सर्कल संरक्षक जिबनाथ पौडेल, शिक्षक नायक बद्री श्रेष्ठ , शिक्षक विजय पौडेल आचार्य तथा विभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीको सहभागिता रहेको थियो।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?