तनहुँमा थप ७ जनामा कोरोना पुष्टि

तनहुँमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तनहुँको ब्यास नगपालिकामा २ ,भिमाद नगरपालिकामा ४ र घिरिङ्ग गाउपालिकामा १ जना गरि ७ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नयाँ सङ्क्रमितमा ब्यास नगपालिका १ का ४६ र ७६ वर्षिय पुरुष,भिमाद नगरपालिका ६ का २६ वर्षिय पुरुष, १५,३६,र ६३ वर्षिय महिला र घिरिङ्ग गाउपालिका ३ का ६३  वर्षिय महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?