
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिबेशन यहि १८ देखि १९ गते सम्पन हुँदैछ ।तनहुँमा पनि मंसिर ११ गते जिल्ला अधिबेशन समपन्न भयो । अधिबेशन समपन्न हुंदै गर्दा संस्थापन पक्ष र गैर संस्थापन पक्षको निकै प्रतिस्पर्धा भए ।
गण्डकी प्रदेशको अधिबेशन अन्तर्गत खुल्ला सदस्यमा तनहुँका युवा नेता सुरेश भट्टराईले उम्मेदवारी दिने भएका छन् । खुल्ला सदस्यमा लड्ने भट्टाराई स्वयम् आफैले दमौली अनालाईनलाई जानकारी दिएका हुन् ।
केहि दिन अघि नेता भट्टाराई सहमहामन्त्रीमा उम्मेदवारी दिने चर्चा चलेपनि पछिलो समयमा तनहुँकै लोकप्रिय नेता झुला बहादुर आलेले सहमहामन्त्रीमा उम्मेदवारी दिने निश्चित भएपछि भट्टाराई पछि हटेको छ । भट्टाराईले दमौली अनालाईनसँग कुरा गर्दै नेता आलेले आफुलाई सहयोग गरिदिन अनुरोध गरेको बताएका छन् । आले संविधानसभा सदस्य समेत रहेकोले आफुले सहमहामन्त्रीको उम्मेदवारी आलेलाई दिने र आफु खुल्ला सदस्यको उम्मेदवारीमा लड्ने जानकारी दिएका हुन् ।
वडा ,नगर प्रदेश सभा, क्षेत्र हुँदै जिल्ला सम्मको अधिबेशन समपन्न भईसकेको छ । जसमा नतिजा भने मिश्रति रह्यो । तर जिल्लामा भने संस्थापन पक्ष हाबी देखिए ।
गैरसंस्थापन पक्षको निकट रहेका भट्टराई पार्टीका बरिष्ट नेता रामचन्द्र पौडेलको प्यानलबाट १४ औ महधिवेशनको महधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?