जनयुद्ध दिवसमा आँबुखैरेनी गाउँपालिकाले दियो सार्वजनिक बिदा

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा भोलि फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

हिजो बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए ।

जनयुद्ध दिवस २०८० को उपलक्ष्यमा फागुन १ गते  गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालयहरू र पालिकाभित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तिय संस्थामा बिदा रहने गाउँपालिकाले जनाएको छ।

अघिल्लो वर्षबाट दिन थालिएको यो बिदालाई सर्वोच्च अदालतले रोक लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?