दमौलीमा आठौं लखन थापा स्मृति फुटवल प्रतियोगित सुरु

दमौली : तनहुँको सदरमुकाम दमौलीमा आठौँ  लखन थापा स्मृति  ‘२०८० ‘को अन्तर मावि स्तरीय (सेभेन ए साइड) फुटवल प्रतियोगित सुरु भएको छ ।

व्यास नगरपालिका -३ विपी वनवाटिका खेलमैदानमा नेपाल मगर विद्यार्थी संघ तनहुँद्वारा आयोजित प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापाको स्मृतिमा आज फागुन २ गतेबाट फुटवल प्रतियोगित सुरु भएको हो।

कपको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सदस्य एवं निर्वाचन संयोजक सिद्धान्त गर्ज मगरलेसिङ्गो खेल क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लगे मात्र खेलकुद ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए।

प्रतियोगितामा विजेताले नगद ३० हजार  ५ सय ५५ र उपविजेताले २० हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्र प्रदान गरिने मगर विद्यार्थी संघ तनहुँकी अध्यक्ष विनिता थापा मगरले जानकारी दिइन्।

जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको  विद्यार्थी संघकी अध्यक्ष थापा मगर बताईन ।

नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष मणिराज थापा , नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक बुद्ध गर्जा मगर , आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सचिव अनुप आले मगर लगायतका उपस्थित रहेको थियो    ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?