दमौली :तनहुँको शुक्लागण्डकी नगरपालिका-११ कालिकोट स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका – २ गाछेपानी बस्ने वर्ष अं. २४ को सोम बहादुर परियार रहेका छन् । गाछेपानीबाट चिसापानीतर्फ जादै गरेको ग १ त २५३२ नं.को ट्याक्टर शुक्रवार विहान साढे ९ बजेतिर अनियन्त्रित भई पल्टिएको थियो ।
ट्याक्टर दुर्घटना हुँदा परियारको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?