
दमौली : तनहुँकाे पहाडकी रानी नामले परिचित बन्दिपुरमा साँस्कृतिक भवन बन्ने भएकाेछ । स्थानीय जातजाति र समुदायकाे परम्परागत रहन-सहन, कला , सँस्कृतिकाे जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक भवन बन्न लागेकाे हाे ।
नेपाल सरकार पर्यटन मन्त्रालय मार्फत ससर्त कार्यक्रम अन्तरगत गाउँपालिकालाई ५० लाख प्राप्त भएकाेमा जग्गाको अभावमा हाल सम्म उक्त बजेट खर्च हुन नसकेकाे अवस्थामा बन्दिपुरका पर्यटन ब्यवशायी सन्तकुमार श्रेष्ठले ऐतिहासिक स्थल तिनधारेमा १ राेपनी जग्गा दान गरे सँगै साँस्कृतिक भवन निर्माणकाे काम अघि बढेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए।
गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाले साँस्कृतिक भवनमा विभिन्न जातजाति र समुदायकाे सँस्कृति झल्कने म्युजियम र स्थानीयकाे कला सँस्कृति प्रदर्शन गर्ने हल निर्माण गरिने भएकाे हाे । स्थानीय काशीनाथ भट्टराईका अनुसार तिनधारे क्षेत्रकाे एक राेपनी जग्गाकाे करिब १ कराेड मूल्य हुन आउने उनलेे बताए ।
रेडियो बन्दिपुरका अध्यक्ष समेत रहनु भएका बन्दिपुरका सममजसेवी एवं पर्यटन ब्यवशायी सन्तकुमार श्रेष्ठले स्थानीय परम्परा संरक्षणमा पालिकाले चासाे देखाएकाले आफ्नाे तर्फबाट जग्गा प्रदान गरेकाे उहाँले जानकारी दिए।
पर्यटन व्यवसायी श्रेष्ठले यसअघि चितवनमा राेटरी अस्पताल निर्माण गर्न नगद एक कराेड , याम्पामा तरकारी सहकारीलाई करिब १२ आना, याम्पा डेरीलाई उनकाे दाजुभाइ समेतकाे करिब आधा राेपनी जग्गा दान दिई सक्नु भएकाे छ भने विभिन्न सामाजिक तथा धार्मिक कार्यका लागि पनि नगद दान प्रदान गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?