
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ४२ औँ मगर दिवसको अवसरमा फागुन १५ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा माघ १७ गते बसेको बैठकको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?